२०८३, आश्विन २७ गते

देशमा बेरोजगारीको समस्या जटिल बनेको छः उपप्रधानमन्त्री सिंह

देशमा बेरोजगारीको समस्या जटिल बनेको छः उपप्रधानमन्त्री सिंह

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • देशमा बेरोजगारीको समस्या जटिल बनेको छः उपप्रधानमन्त्री सिंह

    काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्।

    ललितपुरमा आज राष्ट्रिय युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले २०७२ को सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरूलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताए। 

    उनले अहिले भएका अधिकार कसरी कार्यान्वयन गर्ने ? बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर लाग्नुपर्ने बताए।  प्राप्त अधिकारलाई उपयोग गर्नेतर्फ लाग्नुपर्नेमा उनको जोड थियो। 

    उपप्रधानमन्त्री सिंहले देशमा बेरोजगारीको समस्या जटिल बनेको बताए।  अधिकारको कुरा मात्रै गर्ने तर जिम्मेवारी र दायित्व बिर्सिने प्रवृद्धि ठिक नभएको उनको भनाइ छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij