काठमाडौं। दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन्।
जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हाम्फाल्ने प्रयास गरेकी हुन्। उनी केटाले बिहे गर्न नमानेपछि करिब ३५ दिनदेखि घर्नामा थिइन्। घर्नामा बसेकी शाही आज हाम्फालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी थिइन्। तत्काल उनलाई प्रहरीले उद्धार गरेको छ।
यसअघि वैवाहिक बलात्कार मुद्दामा क्षतिपूर्ति नपाएको भन्दै आरती रावल गिरीले पनि यही पोलमा चढेर आत्महत्याको प्रयास गरेकी थिइन्।