२०८३, आश्विन २७ गते

किराना पसलमा चोरी गरेको आरोपमा लागेकाहरु बन्दुकसहित पक्राउ

किराना पसलमा चोरी गरेको आरोपमा लागेकाहरु बन्दुकसहित पक्राउ

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • किराना पसलमा चोरी गरेको आरोपमा लागेकाहरु बन्दुकसहित पक्राउ

    काठमाडौं । चोरीको आरोप लागेका एक समूहका ३ जना भरुवा बन्दुकसहित पक्राउ परेका छन्। उनीहरु झापाका रहेको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-४ का १९ वर्षीय आदित्य लिम्बु, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र सोही ठाउँका २१ वर्षीय निखिल तामाङ छन्।


    यो समूहले गत शुक्रबार राति १० बजेतिर अर्जुनधारा नगरपालिका-७ मिलडाँडामा इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलको ताला फोडी नगद तथा विभिन्न सरसामानहरु चोरी गरेको आरोप छ।

    चोरी पछि फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमणिबाट खटिएको टोलीले शनिबार राति साढे १० बजे पक्राउ गरेको हो। तामाङको घरमा लुकाएर रोखेको अवस्थामा भरुवा बन्दुक र खुकुरी बरामद गरिएको हो।

    भरुवा बन्दुक र खुकुरी उनीहरुले चोरी गर्दा प्रयोग गरेको पाइएको झापा प्रहरीका प्रवक्ता तथा डीएसपी कृष्ण चन्दले बताए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij