२०८३, आश्विन २७ गते

पाँट वटा संसदीय समितिका बैठक बस्दै, के छन् छलफलका एजेन्डा?

पाँट वटा संसदीय समितिका बैठक बस्दै, के छन् छलफलका एजेन्डा?

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • पाँट वटा संसदीय समितिका बैठक बस्दै, के छन् छलफलका एजेन्डा?

    काठमाडौं। आज पाँट वटा संसदीय समितिका बैठक बस्दै छन्। 

    सङ्घीय संसद्अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ।

    पर्यटन समितिमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडका सम्बन्धमा छलफल गरिने कार्यसूची छ। त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरिने सम्भावित कार्यसूची छ।

    त्यस्तै, दिउँसो १ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बस्नेछ। बैठकमा बाढी, पहिरो लगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजना, सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनाका विषयमा छलफल गरिने जनाइएको छ।

    त्यसैगरी, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्नेछ। विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ। 

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सार्वजनिक नीतिका सन्दर्भमा समितिको कार्यक्षेत्र र सीमा सम्बन्धमा राष्ट्रियसभा सचिवसँग छलफल गरिने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij