२०८३, आश्विन २७ गते

पेरिस ओलम्पिक २०२४ आज सकिँदै, कुन देशले कति जिते पदक?

पेरिस ओलम्पिक २०२४ आज सकिँदै, कुन देशले कति जिते पदक?

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • पेरिस ओलम्पिक २०२४ आज सकिँदै,  कुन देशले कति जिते पदक?

    काठमाडौं। पेरिस ओलम्पिक २०२४ आज सकिँदै छ। यो खेलकुद लगभग तीन साता लामो समय चलेको थियो।


    स्टेड डे फ्रान्समा आयोजित ३३औं संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ। 

    ओलम्पिक समापन समारोह ८० हजार दर्शक माझ स्टेड डे फ्रान्समा भित्र हुनेछ। समापन समारोहमा खेलाडीहरूको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई सेलिब्रेट गरिने छ।

    समारोहमा ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाइने छ भने लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरिनेछ।

    प्रतियोगिताको अन्तिम दिन चलिरहँदा आजसम्म चीन तालिकाको अगाडि रहेको छ। चीनले हालसम्म ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ।  

    अमेरिकाले हालसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ कास्यसहित कुल १ सय २२ पदक जितेको छ। तेस्रो स्थानमा यथावत अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १८ कास्य सहित कुल ५० पदक जितेको छ। 

    पदक तालिकाको चौंथो स्थानमा उक्लिएको जापानले अहिलेसम्म १८ स्वर्ण, १३ रजत र १३ कास्य सहित कुल ४३ पदक जितेको छ।  १६ स्वर्ण २४ रजत र २२ कास्य जितेको  फ्रान्स पाँचौं स्थानमा छ।

    आयोजक फ्रान्सले १४ स्वर्णसहित कुल ६२  पटक हात पारेको छ। दक्षिण कोरिया, नेदरल्यान्ड्स र जर्मनी क्रमशः सातौ आठौं, र नवौं स्थानमा छन्।

    इटाली एक स्थान तल झर्दै १०औं स्थानमा पुगेको छ। पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्ये ९१ देशले कम्तिमा एक पदक जितेका छन्।

    ओलम्पिक अन्तर्गत आज थप  १३ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij