२०८३, आश्विन २८ गते

मृत अवस्थमा भेटिए गायक प्रकाश तिमल्सिना

मृत अवस्थमा भेटिए गायक प्रकाश तिमल्सिना

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • मृत अवस्थमा भेटिए गायक प्रकाश तिमल्सिना

    काठमाडौं। गायक प्रकाश तिमल्सिना मृत फेला परेका छन्। तिमल्सिना ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए।

    ३५ वर्षीय उनी शनिवार अपराह्न सुतिरहेको खाटमा मृत भेटिएको प्रहरीले जनाएको छ। उनको मुखबाट थोरै रगत निस्किएको अवस्था देखिएको प्रहरीले जनाएको छ। 

    उनको शव पोस्टमार्टमका लागि प्रहरीले साँझ ९ बजे पाटन अस्पताल पुराएको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानमा तिमल्सिनाको स्वास्थ्यमै अचानक आएको समस्याले मृत्यु भएको हुन सक्ने आशंका गरेको छ।

    उनले ‘प्रिय तिम्रो सिउँदोमा’लगायत थुप्रै गीत गाएका छन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij