२०८३, आश्विन २८ गते

दुई पंखा, तीन बल्ब बालेको दुई महिनाको बिल ३१ लाख आएपछि…

दुई पंखा, तीन बल्ब बालेको दुई महिनाको बिल ३१ लाख आएपछि…

बुधवार, आषाढ २० २०८१
बुधवार, आषाढ २० २०८१
  • दुई पंखा, तीन बल्ब बालेको दुई महिनाको बिल ३१ लाख आएपछि…

    एजेन्सी। एउटा सामान्य परिवारमा दुई महिनाको बिजुलीको बिल कति आउन सक्छ रु धेरै आए दुईरतीन हजार रु या बढी नै आए खपतअनुसार पाँचदेखि १० हजार।

    तर एउटा सामान्य परिवार बसको घरमा आएको बिजुलीको बिल सुन्दा तपाईं अचम्ममा पर्न सक्नुहुन्छ।

    बिहारको मुजफ्फरपुरमा विद्युत् विभागले एउटा सामान्य मजदुरको घरमा दुई महिनाको ३१ लाख रुपैयाँ भारुको बिल थमाइदिएको छ। त्यो घरमा दुई वटा पंखा र तीन वटा बल्ब मात्र प्रयोग गरिएको थियो। ३१ लाखको बिल देखेर मजदुर परिवार अहिले छक्क परेका छन्।

    भारतीय सञ्चारमाध्यमका अनुसार शुभलाल साहनी मुजफ्फरपुरको पियर थाना क्षेत्र, सिमरा पञ्चायतका बासिन्दा हुन्। शुभलाल मजदुरको रूपमा काम गर्छन् र परिवारलाई पाल्छन्। विद्युत् विभागले ३१ लाखको बिजुलीको बिल पठाएपछि मजदुर निकै चिन्तित छन् र लगातार विद्युत् विभागको चक्कर काटिरहेका छन्। बिल नतिरेपछि उनको घरको बिजुली पनि काटिएको छ।

    करिब दुई महिनाअघि बिजुली विभागले शुभलालको घरमा स्मार्ट विद्युत मिटर जडान गरेको थियो। त्यसको केही दिनसम्म घरमा बिजुली आइरह्यो। तर केही दिनअघि विद्युत् बन्द भएको थियो।

    जुन २० मा चार सयको रिचार्ज गरेर पनि विद्युत् आपूर्ति सुरु नभएपछि विद्युत् विभागमा गएर शुभलालले त्यहाँका अधिकारीलाई जानकारी गराएका थिए ।

    त्यसपछि करिब ३१ लाख रुपैयाँको बिल बक्यौता रहेको खुलासा भएको थियो। उनले भने, ‘मेरो घरमा २ वटा फ्यान र ३ वटा बल्ब मात्र प्रयोग गरिन्छ। दुई महिनाअघि करिब २६ सय रुपैयाँ विद्युत महसुल बक्यौता थियो। एक्कासि यति ठूलो बिल कसरी भयो रु यो मैले बुझ्न सकिनँ।’

    अहिले गर्मीयाममा विद्युत् कटौती हुँदा शुभलालको पूरै परिवार समस्यामा परेका छन्।

    यस विषयमा के भन्यो विद्युत् विभागले ?

    विद्युत् विभागका जुनियर इलेक्ट्रिकल इन्जिनियर अभिषेक रञ्जनले शुभलालको गुनासो आएको बताए। मजदुरसँग लिखित निवेदन मागेको र यस विषयमा अनुसन्धान भइरहेको उनले बताए।

    यस सम्बन्धमा मिटर रिडरहरूबाट पनि जानकारी लिइएको उनले बताए। उनका अनुसार कहिलेकाहीँ बिजुली मिटरमा त्रुटिहरू हुन्छन्। छानबिनपछि सबै कुरा मिल्छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij