२०८३, आश्विन २७ गते

‘नरिसाउन होइ’ पछि ईश्वरीले ल्याइन् ‘माया छ कि छैन’, आर्यन सिग्देलसँग कम्मर मर्काउँदै

‘नरिसाउन होइ’ पछि ईश्वरीले ल्याइन् ‘माया छ कि छैन’, आर्यन सिग्देलसँग कम्मर मर्काउँदै

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • ‘नरिसाउन होइ’ पछि ईश्वरीले ल्याइन् ‘माया छ कि छैन’, आर्यन सिग्देलसँग कम्मर मर्काउँदै


    काठमाडौं। सञ्चारकर्मी तथा गायिका ईश्वरी बरालको  ‘माया छ की छैन’ बोलको गीत सार्वजनिक भएको छ।

    विपिन आचार्यको शब्द,सङ्गीत र एरेन्ज रहेको गीतमा बरालले आवाज दिएकी हुन् । श्री ईश्वरी प्रडक्सनबाट सार्वजनिक गरिएको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

    गीतको भिडियोमा चर्चित अभिनेता आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय छ। भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय छ।  

    म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ। भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको छ।  कोरियोग्राफि शिशिर खातीले गरेका छन्। 

    गायिका बरालका यसअघिका चर्चित गीतहरूमा ‘नरिसाउन होइ’, ‘खानदानी छोरी’ लगायत छन्। 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij