२०८३, आश्विन २७ गते

सहकारी प्रकरण: कार्यदल बैठक बस्दै, ‘टीओआर’मा जुट्ला त सहमती?

सहकारी प्रकरण: कार्यदल बैठक बस्दै, ‘टीओआर’मा जुट्ला त सहमती?

शनिवार, जेठ १२ २०८१
शनिवार, जेठ १२ २०८१
  • सहकारी प्रकरण: कार्यदल बैठक बस्दै, ‘टीओआर’मा जुट्ला त सहमती?

    काठमाडौं। सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछाने जोडिएको कांग्रेसको आरोपपछि संसदीय छानबिन विशेष समिति गठनका लागि कार्यविधि तय गर्न कार्यदल बैठक बस्दैछ।

    शनिवार दिउँसो ३ बजे कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने बैठकमा छानबिन समितिको ‘टीओआर’को बारेमा छलफल हुँदैछ। 

    संसदीय छानबिन समिति गठनको माग गर्दै लगातार प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरुद्ध गरेपछि सरकार छानबिन समिति बनाउन तयार भएको हो।

    तर छानबिन समिति व्यक्ति केन्द्रित अर्थात मन्त्री लामिछाने केन्द्रित हुने कि समग्र सङ्कटग्रस्त सहकारीको विषयमा केन्द्रित हुने भन्ने कुरमा सत्तापक्ष र प्रतिपक्ष दलहरू बीचमा सहमति हुन सकेको छै। 

    कांग्रेसले गृहमन्त्रीको नाम तोकेरै उनीमाथि छानबिन समिति बनाउनुपर्ने अडानमा रहेको छ भने सत्तापक्षले भने समस्याग्रस्त सहकारीको विषयमा छानबिन गर्न सकिने बताउँदै आएको छ।

    सत्तापक्ष लामिछानेको नाम तोकेर छानबिन समिति बनाउने पक्षमा नरहेपछि कांग्रेसले त्यसको विकल्पमा पनि छलफल गर्न तयार रहेको बताएको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij