२०८३, आश्विन २८ गते

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयले सदनमा प्रवेश पाएको छ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्री बन्द्री पाण्डेले आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही गर्न खोजे आफूहरू मौन नबस्ने चेतावनी दिए।

    उनले भने, ‘कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु। कानूनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ। तर, आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने कांग्रेसले राणालाई सहेन, राजालाई सहेन। कसैलाई पनि सहँदैन।’

    दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोपमा आज उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र कान्तिपुरबीच टकराबका बीच सिरोहियामाथि पक्राउ पुर्जी जारी हुनुलाई कांग्रेसले पूर्वाग्रहीको आशंका गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij