काठमाडौं। काठमाडौंको थलीमा मृत फेला परेका व्यक्तिकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो।
घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा भक्तपुर नगरपालिका-७, छालिङ ठेगाना भएका कृष्ण नगरकोटी आज बिहान थलीको उकालोमा मृत फेला परेका थिए। कृष्ण ट्याक्सी चालक भएको खुलेको छ।
नगरकोटीका छोरा भने काठमाडौंको फर्पिङमा घाइते अवस्थामा फेला परेका छन्। उनलाई नियन्त्रणमा लिएर प्रहरीले टेकुमा ल्याएको छ। घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।