२०८३, आश्विन २८ गते

थलीमा मृत भेटिएका पुरुषका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिए

थलीमा मृत भेटिएका पुरुषका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिए

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • थलीमा मृत भेटिएका पुरुषका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिए

    काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका छन्।

    थलीमा मृत भेटिएका भक्तपुर नगरपालिका–७, छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटीका छोरा पनि फर्पिङमा घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार फर्पिङमा घाइते अवस्थामा भेटिएका नगरकोटीका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा थलीमा कृष्ण नगरकोटीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ। ‘मृतकका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिनुले थप आशंका बढाएको छ,’ एसपी अधिकारीले भने।

    मंगलबार बिहान थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको थियो। घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij