काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान बेवारिशे अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ।
प्रहरी वृत्त बौद्धका अनुसार उक्त शव भक्तपुर–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको खुलेको हो। प्रहरीले शवसँगै भेटिएको सवारी चालक प्रमाण पत्रका आधारमा परिचय यकिन भएको जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ
मगलबार बिहान थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ। घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो।