२०८३, आश्विन २७ गते

आईपीएलको पहिलो क्वालिफायर आज

आईपीएलको पहिलो क्वालिफायर आज

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • आईपीएलको पहिलो क्वालिफायर आज

    काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ।

    आज राति पौने ८ बजे लिगको पहिलो स्थानमा रहेको कोलकाता नाइट राइडर र दोश्रो स्थानको सनराइजर्स हैदराबादबीच अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा हुनेछ।


    लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गर्यो। पञ्जाबले प्रस्तुत गरेको २ सय १५ रनको लक्ष्य हैदराबादले ६ विकेटको क्षतिमा ५ बल अगावै पछ्याएको थियो।

    त्यस्तै अन्तिम लिग खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिचको खेल वर्षाका कारण रद्द भयो। गुवाहाटीमा अविरल वर्षा भएको थियो। करिब साढे तीन घण्टा ढिलो राति १०ः३० बजे टस भएपनि वर्षाले खेल सुरु हुन सकेन।

    यस्तो अवस्थामा दुवै टोलीले एक–एक अङ्क पाए। थप एक अङ्कसहित कोलकाता (२० अङ्क) पहिलो र राजस्थान (१७ अङ्क) तेस्रो स्थानमा छ। आजको विजेताले २६ मे मा हुने फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि पुनः दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ।

    प्रतियोगिता अन्तरगत बुधबार रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच प्ले अफ चरणको दोस्रो खेल इलिमिनेटर खेल हुनेछ। ​ इलिमिनेटरको विजेताले २४ मे मा चेन्नइमा हुने दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij