२०८३, आश्विन २७ गते

सहकारी प्रकरणः संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

सहकारी प्रकरणः संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • सहकारी प्रकरणः संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

    काठमाडौं। सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ। आज बिहान ९ बजेदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको हो।

    सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन्।

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलको मंगलबारको बैठकमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश बनाउने सहमति नजिक पुगेको थियो। कार्यदलमा भएको सहमतिको ड्राफ्ट पार्टीमा बुझाउने र निर्देशन आएपछि सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको बुझिएको छ।

    संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन। सत्तापक्ष रविको नाम नराखी कार्यादेश बनाउन चाहिरहेको छ भने प्रतिपक्षी  रविको नाम राख्नुपर्ने अडानमा  छ।

    गत शनिबार बसेको शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो। सोही बीचमा मंगलबार कांग्रेसलाई पेलेर  प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेस आक्रोशित बनेको  छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij