२०८३, आश्विन २७ गते

टंक र अनिताले गाएको ‘फेरी नेपाली विश्वकपमा’ युट्युब ट्रेण्डिङमा

टंक र अनिताले गाएको ‘फेरी नेपाली विश्वकपमा’ युट्युब ट्रेण्डिङमा

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • टंक र अनिताले गाएको ‘फेरी नेपाली विश्वकपमा’ युट्युब ट्रेण्डिङमा

    काठमाडौं। लोकप्रिय गायक टंक तिमिल्सैना र गायिका तथा सञ्चारकर्मी अनिता चलाउनेको आवाजमा टि–२० विश्वकप २०२४को ‘फेरी नेपाली विश्वकपमा’ बोलको गीत सार्वजनिक भएको छ।  केहि दिन अगाडी सार्वजनिक भएको यो गीत अहिले युट्युबको म्युजिक ट्रेण्डिङमा छ।

    यो समाचार तयार पार्दासम्म उक्त गीत म्युजिकको १७ नम्बरमा छ। गीतमा टंक तिमिल्सैनाको नै शब्द र संगीत रहेको छ। गीतको भिडियोमा थुप्रै कलाकारहरु देखिएका छन्। भिडियो टियु अन्तराष्ट्रिय क्रिकेट ग्राउण्डमा खिचिएको छ।

    बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा टंक तिमिल्सैना, अनिता चलाउने, बिक्रम चौहान, भीम खड्का, दिपा पनेरु, हेमराज अधिकारी (खन्टे खलास) दीपक खड्का, टेकेन्द्र रावल, राजेश तिमिल्सैना, श्रियुक्ता तिमिल्सैना, भुपेन्द्र डाँगी, दिनेश बिष्ट, कबिर सिंह, सिएस साउँद, नरेश राउत, शिरिष खड्का क्रिकेट खेलाडीका रुपमा देख्न सकिन्छ।

    गीतको भिडियो टंक तिमिल्सैना युट्युब च्यानलबाट सार्वजनिक भएको हो। नेपालले १० बर्षपछि टि–२० विश्वकप खेल्दै छ। बंगलादेशमा भएको टी–२० विश्वकप २०१४ खेलेर नेपालले इतिहास बनाएको थियो। विश्वकप खेलेपछि नेपाली क्रिकेटको उचाइ बढ्दै गइरहेको छ।

    गत कात्तिकमा काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो। विश्वकपमा नेपाल समूह डीमा परेको छ।

    सो समूहमा नेपालसहित दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्याण्ड्स छन्। सार्वजनिक खेल तालिका अनुसार टी–२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल नेदरल्याण्ड्सविरुद्ध खेल्ने छ।

    पहिलो खेल जुन ४ मा अमेरिकाको डल्लासमा हुनेछ। दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा तथा तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग सेन्ट भिन्सेन्टमा हुनेछ। जुन १६ मा बङ्गलादेशसँग सेन्ट भिन्सेन्टमै खेल्ने हुनेछ। प्रतियोगिताको पहिलो खेल भने अमेरिका र क्यानडाबिच जुन १ मा डल्लासमा हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij