२०८३, आश्विन २७ गते

रचना रिमाल सवार गाडीलाई ट्रकले दियो ठक्कर

रचना रिमाल सवार गाडीलाई ट्रकले दियो ठक्कर

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • रचना रिमाल सवार गाडीलाई ट्रकले दियो  ठक्कर

    काठमाडौं । गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ।

    नेपालगन्जको राँझा विमानस्थलबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टा नजिकै बा प्र ०३, ०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको थियो।

     आइतबार साँझ पौने ५ बजे  पूर्वबाट पश्चिमतर्फ गैरहेको ट्रकले ठक्कर दिएको हो। 

    गायिका रिमाललाई सामान्य चोट लागेको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्। दुर्घटनाका कारण उनी आइतबार हुने सांगितिक कार्यक्रमा उपस्थित भइनन्।  हिजो हुने कार्यक्रममा आज उपस्थित हुने वाचा गरेकी छन्।  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij