२०८३, आश्विन २८ गते

प्रतिनिधि सभा बैठक चार बजेका लागि सारियो

प्रतिनिधि सभा बैठक चार बजेका लागि सारियो

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • प्रतिनिधि सभा बैठक चार बजेका लागि सारियो

     काठमाडौं। प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ। आजको बैठक बिहान ११ बजे बस्ने तय भएको थियो।

    तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ।

    सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग नेपाली कांग्रेसले राख्दै आएको छ।

    कांग्रेसको यही अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन। संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव समेत कांग्रेसको अवरोधका कारण पारित हुन सकेको थिएन।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij