२०८३, आश्विन २८ गते

भारतीय फुटबल टिमका कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

भारतीय फुटबल टिमका कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • भारतीय फुटबल टिमका कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    काठमाडौं। भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ४० वर्षीय कप्तान क्षेत्रीले जुन ६ मा कुवेतविरुद्ध भारतका लागि लागि अन्तिम खेल खेल्नेछन्।

    सुनिलले बिहीबार सामाजिक सञ्जाल एक्समा भिडियो शेयर गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्। उनले भनेका छन्, ‘म त्यो दिन कहिल्यै भुल्ने छैन, जब पहिलो पटक मैले देशका लागि खेल्ने मौका पाएको थिएँ।’

    उनले १२ जुन २००५ मा भारतका लागि डेब्यु गरेका थिए। पहिलो खेलमै उनले गोल समेत गरेका थिए। अन्तर्राष्ट्रिय फुटबलमा क्रिष्टियानो रोनाल्डो ९२०५ खेलमा १२८ गोल० र लिओनल मेस्सी ९१८० खेलमा १०६ गोल० पछि धेरै गोल सुनिलले गरेका छन्।

    उनले १५० खेलमा ९४ गोल गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij