२०८३, आश्विन २७ गते

सहकारी ठगी प्रकरण: छानविन समिति बनाउन एकीकृत समाजवादीको माग

सहकारी ठगी प्रकरण: छानविन समिति बनाउन एकीकृत समाजवादीको माग

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • सहकारी ठगी प्रकरण: छानविन समिति बनाउन एकीकृत समाजवादीको माग

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

    पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पत्रकार सम्मेलनमा सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको बताएका हुन् ।

    कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशी दुरुपयोग गरेर आर्थिक तथा वित्तीय अपराध गरेका दुखद घटना सार्वजनिक भइरहेका भन्दै यस सन्दर्भमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको पार्टीले भनेको छ।

    'यो बैठक समग्र समस्या समाधानका लागि छानविन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दछ,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij