काठमाडौं। कोपा इटालिया कपको उपाधि युभेन्टसले जितेको छ। युभेन्टसको लागि यो १५ औं कीर्तिमानी कोपा इटालियाको टाइटल हो। युभेन्टसले एटलान्टालाई १(० को साघुरो अन्तरले उपाधिमाथि कब्जा जमाएको हो।
रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको एक मात्र गोलले युभेन्टसले कीर्तिमानी उपाधि चुमेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई खेलको अन्त्यतिर रातो कार्ड देखाईपछि उनले टचलाईन छोड्नु परेको थियो।
खेल रेफ्रीको अनुरोधलाई नकारेपछि प्रशिक्षकलाई रेड कार्ड दिइएको थियो। एन्टलान्टाले भने सन् १९९३ पछि दोश्रो पटक च्याम्पियन बन्ने अवसर गुमायो। यो पटक एटलान्टा कोपा इटालिय कपसहित युरोपा लिगको फाइनलमा थियो।
अब उस्ले जर्मन लिग च्याम्पियन लेभरकुसेनविरुद्ध डब्लिनमा हुने फाइनल खेल्ने छ। उक्त खेल आगामी साता हुनेछ।