काठमाडौं। उपप्रधानमन्त्री एंव गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई पक्राउ गर्न समय लाग्ने बताएका छन्। लामिछानेले राईलाई नियन्त्रणमा लिन प्रयास भइरहेको जानकारी दिए।
चितवनमा आज बिहान पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले राईलाई यसअघिको सरकारले भगाएको आरोप पनि लगाए। जिबी राईलाई भगाएको कसले हो भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, ‘भाग्दाखेरी सरकारमा को थियो ?’