२०८३, आश्विन २७ गते

वर्षको सर्वोत्कृष्ट दोहोरी गायकको अवार्ड गायक तथा सर्जक हुम गैरेलाई

वर्षको सर्वोत्कृष्ट दोहोरी गायकको अवार्ड गायक तथा सर्जक हुम गैरेलाई

शुक्रवार, बैशाख २१ २०८१
शुक्रवार, बैशाख २१ २०८१
  • वर्षको सर्वोत्कृष्ट दोहोरी गायकको अवार्ड गायक तथा सर्जक हुम गैरेलाई

    काठमाडौं। तेस्रो विश्वनाथ केडिया राष्ट्रिय नेपाल संगीत उधोग संघ म्यूजिक अवार्ड २०८१ को सर्वोत्कृष्ट गायकको अवार्ड चर्चित गायक तथा सर्जक हुम गैरेलाई दिइएको छ।

    नेपाली संगीत जगतमा लामो गौरवमय इतिहास भएको संस्था नेपाल संगीत उधोग संघको आयोजनामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न कार्यक्रममा उनलाई यो अवार्ड दिइएको हो।

    नेपाल संगीत उद्योग संघका अध्यक्ष सुर्य मगरको अध्यक्षतामा भएको अवार्ड कार्यक्रमका प्रमुख अथिती अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष तथा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी थिए।

    उक्त अवार्ड कार्यक्रममा गीत संगीतसँग सम्बन्धित करिब ६० भन्दा बढी कलाकारलाई अवार्ड प्रदान गरिएको थियो। करिब दुई दशकदेखि नेपाली गीत संगीतको विभिन्न विधामा सक्रियरूपमा क्रियाशील गायक गैरेले यो अवार्डले गीत संगीतमा अझ सशक्त भएर लाग्ने ऊर्जा मिलेको बताए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij