काठमाडौं। जोन्सन चाल्र्स र आन्द्रे फ्लेचरको अर्धशतकको मद्दतमा तेस्रो टी–२० खेलेमा वेष्टइन्डिज ‘ए’ले नेपाललाई जितका लागि २ सय १० को विशाल लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको वेष्टइन्डिज ‘ए’ले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २०९ रन जाड्यो। वेष्टइन्डिज ‘ए’ का जोन्सन चाल्र्सले ३० बलमा ५८ बनाएर आउट भए भने, आन्द्रे फ्लेचर ५४ बलमा ८४ रन बनाउँदै नट आउट रहे।
त्यस्तै फविन अलेन १९ बलमा ३३ रन बनाउँदै नटआउट रहे। अलिक अथानेज ७ बलमा ५ र केसी कार्टी १० बलमा ४ रन बनाउँदै आउट भए।
नेपालका लागि प्रतिश जिसीले १ र कुशल भुर्तेलले २ विकेट लिए।