काठमाडौं। तेस्रो टी–२० खेलेमा वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ।
नेपालका लागि प्रतिश जिसीले दोस्रो ओभरको पहिलो बलमा सफलता दिलाएका थिए भने, लेग स्पिनर कुशल भुर्तेलले दोस्रो सफलता दिलाएका हुन्।
उनले दशौँ ओभरको अन्तिम बलमा जोन्सन चाल्र्सलाई दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए। बुधबार नेपालविरुद्ध सतक हानेका उनले आज पनि अर्धसकत बनाएर आउट भए। उनले आज ३० बलमा ५८ रन बनाएर आउट भए।
त्यसअघि प्रतिशले वेष्ट इन्डिज ‘ए’ का एलिक अथान्जलाई ५ रनमा आउट गरेका थिए। वेष्ट इन्डिज ‘ए’ले १२ औँ ओभरको खेल जारी रहँदा ११२ रन बनाएर खेलिरहेको छ।