२०८३, आश्विन २७ गते

बुधबार मात्रै २७ सय रुपैँयाले घटेको सुनको मुल्य बिहीबार भारी मुल्यले बढ्यो, कति पुग्यो?

बुधबार मात्रै २७ सय रुपैँयाले घटेको सुनको मुल्य बिहीबार भारी मुल्यले बढ्यो, कति पुग्यो?

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • बुधबार मात्रै २७ सय रुपैँयाले घटेको सुनको मुल्य बिहीबार भारी मुल्यले बढ्यो, कति पुग्यो?

    काठमाडौं। बुधबार मात्रै २७ सय रुपैँयाले घटेको सुनको मुल्य बिहीबार २ हजार रुपैँयाले बढेको छ।

    बिहीबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै,  चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ।

    अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३१९ दशमलव ०३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६ डलर २८ पैसामा कारोबार भइरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij