काठमाडौं। धादिङमा आगलागीमा परी एक दम्पतीको मृत्यु भएको छ।
जिल्लाको थाक्रे गाउँपालिका–५, गैरीखर्कमा भएको आगलागीमा परी ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको हो।
आगलागि बुधबार राति भएको हो। उक्त समयमा उनिहरु घरभित्रै रहेका थिए। साढे ११ बजे प्रहरीले आगलागीको खबर पाएको थियो। नजिकको हाप्सेचौर अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली पुग्दा घर पूरै जलिरहेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रल ‘दमकल जाने स्थिति पनि नभएको र राति साढे १२ बजे मात्रै आगो निभेको जानकारी दिए। एनकाअनुसार भित्र हेर्दा दुई जनाको मृत्यु भएको देखिएको थियो।
आगोमा जलेर अन्न, लत्ताकपडा, मकै पिस्ने मेसिन लगायत सबै जलेको छ। धनमाल क्षतिको विवरण संकलनका लागि इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली खटिएको छ।