काठमाडौं।। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबिचको खेल हुँदैछ।
१७ औँ सिजनको ५० औँ खेलमा आज सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको सामना गर्न लागेको हो। खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेदेखि हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ।
यो सिजन हैदराबाद र राजस्थानबिचको पहिलो खेल हुन लागेको हो। आज दुवै टोलीको यो सिजनको १० औँ खेल हुनेछ। राजस्थान अन्तिम ९ मध्ये ८ जित हात पार्दै १६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ।
उता, हैदराबाद ९ मध्ये ५ जित हात पार्दै १० अङ्कसहित पाँचौँ स्थानमा छ। हेड टु हेडमा हैदराबाद र राजस्थान हेड टु हेडमा बराबरीमा छन्। यी दुई टोलीबिच हालसम्म कूल १८ आईपीएल खेल भएका छन्। ९ खेलमा हैदराबाद र ९ खेलमा राजस्थान विजयी भएको थियो।
सम्भावित प्लेइङ ११
सनराइजर्स हैदराबाद: प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, एडेन मार्कराम, हेनरिक क्लासेन (विकेटकिपर), नितिश कुमार रेड्डी, अब्दुल समद, शाहबाज अहमद, भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनाडकट।
इम्प्याक्ट प्लेयर: उमरान मलिक।
राजस्थान रोयल्स
सञ्जु सैमसन (कप्तान र विकेटकिपर), यशस्वी जैसवाल, जोस बटलर, ध्रुव जुरेल, शिमरोन हेटमायर, रोभमान पावेल, रविचन्द्रन अश्विन, आवेश खान, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चहल।
इम्प्याक्ट प्लेयर: रियान पराग।