२०८३, आश्विन २७ गते

एनसेल प्रकरणः प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने छानबिन समितिको तयारी

एनसेल प्रकरणः प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने छानबिन समितिको तयारी

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • एनसेल प्रकरणः प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने छानबिन समितिको तयारी

    काठमाडौं । एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । 

    डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन तयार भएसँगै समितिले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाउने भएको छ ।

    सरकारलाई जानकारी नै नदिएर मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो । सो खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो । मङ्सिर २१ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । यो समितिले पुस २४ गते भित्रमा प्रतिवेदन बुझाउन पर्ने हो ।


    तर, संयोजक टङ्कमणि शर्मा बेलायत पुगेपछि प्रतिवेदन सकिएन । तोकिएको समयमा प्रतिवेदन तयार नभएपछि सरकारले थप १५ दिनलाई समय थपेको थियो । सोहीअनुसार आज प्रतिवेदन तयार भएको र प्रधानमन्त्रीलाई बुझाउने तयारी भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij