२०८३, आश्विन २८ गते

विश्वकप खेल्न नपाएपछि सन्दीपले भनेः म षड्यन्त्रको शिकार भएँ, सत्य समयले बताउनेछ

विश्वकप खेल्न नपाएपछि सन्दीपले भनेः म षड्यन्त्रको शिकार भएँ, सत्य समयले बताउनेछ

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • विश्वकप खेल्न नपाएपछि सन्दीपले भनेः म षड्यन्त्रको शिकार भएँ, सत्य समयले बताउनेछ

    काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको दाबी गरेका छन्। बलात्कार मुद्दा खेपिरहेका लामिछाने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुन नसकेपछि उनले सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका हुन्।

    ‘मैले लामो समय पोस्ट गर्नबाट आफूलाई टाढा राखें। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन। यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन्। म सबै कुरा भगवानमा छोड्छु। सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ’, उनले लेखेका छन्।

    नेपाली टोलीको घोषणा हुने बित्तिकै एउटा इमोजीसहितको पोस्ट गरेका सन्दीपले त्यसपछि अर्को पोस्ट गर्दै समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका हुन्। 

    सन्दीप बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका छन्। जिल्लाको फैसलामाथि उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij