काठमाडौं। रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि भन्ने नाराको साथ सीप मेला २०८१ काठमाडौंको टुँडिखेलमा आज देखि सुरु भएको छ।
काठमाडौं महानगरपालिकाले १ महिनामा २०८१ जनालाई १० वटा क्षेत्रका २९ वटा पेशासँग सम्बन्धित सीपमूलक तालिम दिँदै सीप मेला सुरु भएको छ।
मेलाको उदघाट्न गर्दै उप्रमुख सुनिता डंगोलले शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजनाका साथ मेलाको आयोजना गरिएको बताइन्।
उनले काठमाडौं महानगरपालिकाले सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने र सीप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिमको मुख्य लक्ष्य रहेको बताइन्।
उनले १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम दिनको लागि मेलाको आयोजना गरिएको बताइन्। उनले पछिल्लो समय बजारमा बेरोजगारी बढ्दै गएको स्वरोजगार बनाउने महानगरको उद्य्देश्य रहेको बताइन्।