२०८३, आश्विन २८ गते

श्रीमतीको हत्या गरें भन्दै युवकद्वारा प्रहरीमा आत्मसमर्पण

श्रीमतीको हत्या गरें भन्दै युवकद्वारा प्रहरीमा आत्मसमर्पण

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • श्रीमतीको हत्या गरें भन्दै युवकद्वारा प्रहरीमा आत्मसमर्पण

    काठमाडौं। काठमाडौं महानगरपालिका–६ भूगोलडाँडामा एक युवकले श्रीमतीको हत्या गरें भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

    ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ घर भई भूगोलडाँडा डेरा गरी बस्ने ३५ वर्षीय सन्तोष परियारले बुधबार प्रहरी वृत्त बौद्धमा आत्मसमर्पण गरेका हुन्।

    उनले आफूले श्रीमती ३५ वर्षीया अनिशा चाहारको हत्या गरेको प्रहरीलाई बताएका छन्। सन्तोषले मंगलबार राति १ बजेतिर श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको बताएका प्रहरी वृत्त बौद्धका एक अधिकारीले जानकारी दिए।

    अनिशाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij