२०८३, आश्विन २७ गते

रोहित भन्छन्ः विश्वकप खेल्ने १५ खेलाडीबारे स्पष्ट भइसक्यो, टिम मजबुत छ

रोहित भन्छन्ः विश्वकप खेल्ने १५ खेलाडीबारे स्पष्ट भइसक्यो, टिम मजबुत छ

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • रोहित भन्छन्ः विश्वकप खेल्ने १५ खेलाडीबारे स्पष्ट भइसक्यो, टिम मजबुत छ

    काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले टि–२० विश्वकप खेल्ने नेपाली टीम मजबुत रहेको जिकिर गरेका छन्।

    उनले विश्वकपका लागि खेलाडी तयारी अवस्थामा रहेको समेत बताए। उनले विश्वकप खेल्ने १५ खेलाडीबारे स्पष्ट भइसकेको पनि बताए।

    बुधबार वेस्ट इन्डिज ‘ए’ संगको तेस्रो खेलपछि पोष्ट म्याच कन्फेरेन्समा पौडेलले सबै खेलाडीहरुको खेल हेरिसकेको बताएका हुन्। त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिज ‘ए’ सँगको जारी सिरिजमा नेपाली टीमलाई निकै अनुभव भएको बताए।

    उनले नेपाली टीमको तयारीप्रति पूर्ण रुपमा सन्तुष्ट रहेको भन्दै दबाबलाई सम्हान सक्ने अवस्थामा टीम रहेको जिकिर गरे।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij