२०८३, आश्विन २८ गते

पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि निःशुल्क

पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि निःशुल्क

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि निःशुल्क

    काठमाडौं। पशुपति आर्यघाटस्थित विद्युत् शवदाह साउन १ गतेदेखि निःशुल्क हुने भएको छ।

    पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले आफन्त गुमाएका वेला आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेको बताएका छन्। आर्यघाटमा विद्युतीय शवदाह गृहमा चार हजार शुल्क लिने गरिएको थियो।

    कार्यभार ग्रहण गर्दै थापाले उक्त ररकम साउन १ गतेदेखि नलिइने बताएका हुन्। डा. थापाले सेतो सत्तल गुह्येश्वरीमा बृहत् अन्ताराष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन्। सदस्य सचिव डा. थापाले पशुपतिनाथ मन्दिरको सम्पत्ति फिर्ता गर्ने बताएका छन्।

    विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा परेको मुद्दामा सदस्य सचिव डा. थापासहित डा. प्रदीप ढकाल र बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो।
     

    डा. थापाले धार्मिक एवं सामाजिक अभियानमा निरन्तर खटिएको बताउँदै सत्य र निष्ठापूर्वक काम गरेको र अब त्यही उत्साहलाई कायम राखेर खट्ने प्रण गरेका छन्। सदस्य सचिव डा. थापा जलहरी निर्माण गर्दा २०७७ सालमा संयोजक एवं कोषका सदस्य थिए। २०७८ फागुन ११ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी उद्घाटन गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij