२०८३, आश्विन २८ गते

टियुमा वेस्टइन्डिजले रनको वर्षा बनाउँदा नेपाल बन्यो निरीह, फराकिलो अन्तरले पराजित

टियुमा वेस्टइन्डिजले रनको वर्षा बनाउँदा नेपाल बन्यो निरीह, फराकिलो अन्तरले पराजित

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • टियुमा वेस्टइन्डिजले रनको वर्षा बनाउँदा नेपाल बन्यो निरीह, फराकिलो अन्तरले पराजित

    काठमाडौँ। मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गतको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित भएको छ। २ सय २८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो।

    आजको खेलमा लोकेश बमले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । त्यस्तै करण केसीले १७ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए । विनोद भण्डारी १५ बलमा ४ चौकासहित १९, अनिल शाह १४, आरिफ शेख ३, कुशल मल्ल २०, गुलशन झा ६, विवेक यादव ३ र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । 

    टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि ओपनर जोनसन चार्सले शानदार शतक बनाए। उनले ६१ बलमा ११९ रन बनाए। 

    त्यस्तै, आन्द्रे फ्लेचरले पनि अर्धशतक बनाए। उनले ३३ बलमा ५३ रन हिर्काए। यस क्रममा उनले ४ चौका र ३ छक्का हिर्काए। त्यस्तै फाबियन एलनले ९ बलमा १९ रन तथा एलिक अथान्जेले १० बलमा १७ रनको योगदान दिए। नेपालका लागि करन केसी र सागर ढकालले एक–एक विकेट लिए।

    शृङ्खला वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ। पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो। दोस्रो खेलमा भने घरेलु टोली १० रनले स्तब्ध बन्न पुग्यो। योसँगै पाँच खेलको सिरिजमा वेष्टइण्डिजले २-१ को अग्रता लिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij