२०८३, आश्विन २८ गते

रास्वपाले किन बोलायो केन्द्रीय समिति र सचिवालय बैठक?

रास्वपाले किन बोलायो केन्द्रीय समिति र सचिवालय बैठक?

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • रास्वपाले किन बोलायो केन्द्रीय समिति र सचिवालय बैठक?

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ। उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ।

    ‘समग्र परिस्थितिको मूल्यांकन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ महामन्त्री मुकुल ढकालले भने। शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ बैशाखमा संसदीय दलको बैठक बोलाइएको छ।

    इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाले चौथो स्थानको मत ल्याएको छ। रास्वपाका नेताहरुले उक्त परिणामलाई अनपेक्षित भनेका छन्। नयाँ गठबन्धन बनेपछि रास्वपा सरकारमा सहभागी भएको २१ वैशाखमा दुई महिना पुग्दैछ।

    पार्टी बैठकमा सरकारमा सहभागीता र प्रभावकारिताबारे छलफल रास्वपाले जनाएको छ। पार्टी बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij