२०८३, आश्विन २७ गते

एकैदिन सुनको मुल्यमा भारी गिरावट, कति घट्यो?

एकैदिन सुनको मुल्यमा भारी गिरावट, कति घट्यो?

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • एकैदिन सुनको मुल्यमा भारी गिरावट, कति घट्यो?

    काठमाडौं। बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ।

    अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब २ प्रतिशत घटेपछि नेपाली बजारमा सोअनुसार मूल्य समायोजन गरिएको हो। यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो।

    चाँदीको मूल्य पनि बुधबार घटेको छ। अघिल्लो दिन तोलाको १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij