२०८३, आश्विन २८ गते

स्मिथ र फ्रेजरलाई बाहिर राखेर अष्ट्रेलियाद्वारा विश्वकप खेल्ने टोली घोषणा

स्मिथ र फ्रेजरलाई बाहिर राखेर अष्ट्रेलियाद्वारा विश्वकप खेल्ने टोली घोषणा

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • स्मिथ र फ्रेजरलाई बाहिर राखेर अष्ट्रेलियाद्वारा विश्वकप खेल्ने टोली घोषणा

    काठमाडौं। अनुभवी ब्याटर स्टिभ स्मिथ र युवा ब्याटर जेक म्याकगुर्क फ्रेजरलाई टिम बाहिर राखेर उपाधि दाबेदार अष्ट्रेलियाले टी–२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ।

    अर्को महिना हुने आईसीसी टी–२० विश्वकपमा अनुभवी ब्याटर डेविड वार्नरलाई निरन्तरता दिए पछि फ्रेजरलाई बाहिर राखिएको हो। यस्तै स्मिथ पनि बाहिर छन्। फ्रेजर इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सबाट आक्रामक क्रिकेट खेल्दै आएका छन्। 

    मिचेल मार्शको कप्तानीमा ग्लेन म्याक्सवेलसँगै मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेडजलवुड छन्। म्याक्सवेल, टिम डेविड र ट्रविस हेड जस्ता आक्रामक ब्याटर टोलीमा छन्।
    २ जुनदेखि सुरु हुने विश्वकपमा समूह ‘बी’ मा अष्ट्रेलिया, इंग्ल्यान्ड, नामिबिया, ओमान र स्कटल्यान्ड छन्।

    सन् २०२१ को टी–२० विश्वकप विजेता टोली अष्ट्रेलिया यस संस्करणको पनि उपाधि दाबेदार टोली हो।

    अष्ट्रेलिया क्रिकेट टोली :

    मिचेल मार्श (कप्तान), एश्टन अगर, प्याट कमिन्स, टिम डेविड, नाथन एलिस, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्रविस हेड, जोश इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij