काठमाडौं। ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका सोही ठाँउ कै ५० वर्षीय रमेश पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।
पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज बिहान मृत्यु भएको हो। डढेलो निभाउने क्रममा मंगलबार शंकर पहरीको पनि उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो।
मंगलबार दिउँसो डढेलो निभाउने क्रममा उनीहरू घाइते भएका थिए।