२०८३, आश्विन २८ गते

केन्याको नैरोबीमा बाँध फुट्दा ४० जनाको मृत्यु

केन्याको नैरोबीमा बाँध फुट्दा ४० जनाको मृत्यु

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • केन्याको नैरोबीमा बाँध फुट्दा ४० जनाको मृत्यु

    एजेन्सी। केन्याको राजधानी नैरोबीको उत्तरी शहरमा बाँध फुट्दा ४० जनाको मृत्यु भएको छ। धेरैजना बेपत्ता भएका प्रहरीले बताएको छ।

    नैरोबीको उत्तरमा ६० किलोमिटर उत्तरमा रहेको माई महिउ क्षेत्रमा ठूलो खोजी र उद्धार कार्य जारी रहेको स्थानीय प्रहरीले बताएको छ। सोमबार भग्नावशेषबाट ४० शव निकालेको बताएको छ। धेरै मानिस बेपत्ता रहेको भन्दै स्थानीय अधिकारीहरूले हताहती बढ्नसक्ने बताएका छन् । 

    सरकारका प्रवक्ता इसाक मवाउराले भारी वर्षाले ४७ काउन्टी प्रभावित भएको र बाढीले एक लाख ३१ हजार ४५० जना गरी २४ हजार १९६ घरधुरी विस्थापित भएको बताए । देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा ४० भन्दा बढी जिल्लामा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

    आइतबार शुरु भएको वर्षा र बाढी अहिले पनि जारी छ। 

    उपराष्ट्रपति रिगाथी गचागुवाले सरकारले वर्षाको प्रभावको तत्काल प्रतिक्रियाका लागि चार अर्ब सिलिंग ९करिब ३० मिलियन अमेरिकी डलर० विनियोजन गरेको घोषणा गरे।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij