काठमाडौं। लोकप्रिय गायक हुम गैरे र गायिका जमुना रानाको आवाजमा ‘कालीपारे जन्ती’ बोलको पञ्चेबाजा गीत सार्वजनिक भएको छ।
गायक गैरेको शब्द तथा संगीत रहेको यो गीतमा म्युजिक एरेन्ज र अडियो मिक्सिङ कुमार थापाको रहेको छ। यो गीत सुजन म्यूजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो। गीतको भिडियोमा शरद एलजी र रबिना अधिकारीको अभिनय छ।
भिडियोलाई गायक गैरेले नै निर्देशन गरेका हुन्। गीतको भिडियो बिशाल फिल्मस् बाट सार्वजनिक गरिएको छ।