काठमाडौं। केटिएम कन्सलटिङ ग्रुपको ब्रान्ड एम्बास्डरमा क्रिकेटर कुशल भुर्तेल नियुक्त भएका छन्। सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी भुर्तेललाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरिएको हो।
कन्सलटेन्सी र भुर्तेलबिच एक वर्षको लागि ब्रान्ड एम्बास्डरमा सम्झौता भएको हो। नेपालको तर्फबाट भुर्तेलले ओपनिङ ब्याटिङ गर्दै आएका छन्। कार्यक्रममा बोल्दै क्रिकेटर भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुसी लागिरहेको बताए। उनले आगामी टी २० विश्वकप खेल्नका लागि आफू उत्साहित रहेको बताए।
केटिएम कन्सलटिङ ग्रुपका नेपालमा काठमाडौँ, हेटौँडा, बुटवल, चितवन, बनेपा, इटहरी, पोखरा, दाङ र सर्लाहीमा ब्रान्च रहेका छन्। साउथ एसियामा भुटान, बङ्गलादेश, श्रीलङ्कामा पनि ब्रान्चहरू रहेका छन्। ग्रुपले उच्च शिक्षाका लागि विद्यार्थीहरूलाई अस्टेलिया, क्यानडा, बेलायत, अमेरिका लगायत देशहरूमा पठाउँदै आएको छ।