२०८३, आश्विन २८ गते

इजरायली बन्धक मुक्त गर्न आग्रह गर्दै ४० दिनको युद्धविराम प्रस्ताव

इजरायली बन्धक मुक्त गर्न आग्रह गर्दै ४० दिनको युद्धविराम प्रस्ताव

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • इजरायली बन्धक मुक्त गर्न आग्रह गर्दै ४० दिनको युद्धविराम प्रस्ताव

     
    एजेन्सी। बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गर्न आग्रह गर्दै ४० दिनको युद्धविराम प्रस्ताव गरेका छन्। यससँगै हजारौँ प्यालेस्टिनी कैदी रिहा हुने उनले बताए।

    मन्त्री क्यामरूनले रियादमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा प्यालेस्टिनी लडाकू समूहलाई ४० दिनको युद्धविराम र बन्धकहरूको रिहाइको बदलामा हजारौं प्यालेस्टिनी कैदीको रिहाइ प्रस्ताव गरेको बताए।

    हमासको एक प्रतिनिधिमण्डल सोमबार इजिप्ट गएको छ। यसले गाजामा युद्धविराम र लगभग सात महिनाको युद्धपछि बन्धकहरूको रिहाइका लागि पछिल्लो प्रस्तावको जवाफ दिने अपेक्षा गरिएको छ।

    ‘हमासले यो सम्झौताका लागि सहमति दिनेछ र स्पष्ट रूपमा विश्वमा सबै दबाब र नजर आज उनीहरूमाथि हुनुपर्दछ जसले गर्दा उनीहरूले सम्झौताका लागि तयार हुनेछन्’, उनले भने। इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीच भएको सम्झौतामा मध्यस्थता गर्ने प्रयास महिनौंदेखि गरिरहेका छन्। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij