२०८३, आश्विन २७ गते

आईपीएलः दिल्लीमाथि कोलकाताको सानदार जित

आईपीएलः दिल्लीमाथि कोलकाताको सानदार जित

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • आईपीएलः  दिल्लीमाथि कोलकाताको सानदार जित

    काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले परािजत गरेको छ। 

    १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ औं ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।  ओपनर फिल साल्टले अर्धशतक पूरा गरे। 

    यस्तै श्रेयश ऐयर ३३ र वैंकेटस ऐयरले २६ रनमा नटआउट रहे। सुनिल नारिनले १५ र रिंकु सिंहले ११ रन जोडे। दिल्लीका अक्षर पटलेले २ र लिजाड विलियम्सले १ विकेट लिए।

    त्यसअघि इडेन गार्डनमा टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय ५३ रन बनाएको थियो। टोलीका लागि कुलदिप यादवले सर्वाधिक नआउट ३५ रन बनाए। 

    कप्तान रिसभ पन्तले २७ रन बनाएका थिए। ओपनर पृथ्वी शाहले १३, अर्का ओपनर जेक फ्रासेरले १२, अभिषेक पोरेलले १८, अक्षर पटेलले १५ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    कोलकाताका वरुण चक्रवर्तीले ३, वैभव अरोरा र हर्षित रानाले समान २ तथा मिचेल स्टार्क, सुनिल नारिनले समान १ विकेट लिएका थिए।

    जितसँगै ९ खेलमा १२ अंकसहित कोलकाता दोस्रो स्थानमा छ।दिल्ली ११ खेलमा १० अंकसहित छैटौं स्थानमा छ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij