काठमाडौं। दुई पटक एकदिवसीय र टी-२० विश्वकप विजेता वेस्ट इन्डिजको क्रिकेट टिम बुधवार बिहान नेपाल आइपुगेको छ। यो टोलीले नेपाली टोलीसँग ५ टी–२० खेलको सिरिज खेल्नेछ।
रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिज ए टोली नेपाल आइपुगेको हो। वेस्ट इन्डिजसँगको ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल अप्रिल २७ शनिबार हुनेछ। टोलीमा ३ जनाबाहेक सबैसँग सिनियर टोलीबाट खेलेको अनुभव छ।