२०८३, आश्विन २७ गते

यस्तो छ चलचित्र ‘फर्की फर्की’को ट्रेलर

यस्तो छ चलचित्र ‘फर्की फर्की’को ट्रेलर

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • यस्तो छ चलचित्र ‘फर्की फर्की’को ट्रेलर

    काठमाडौं। चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको टेलर सार्वजनिक गरिएको हो। चलचित्रमा अनमोल केसी र जसिता गुरुङको मुख्य अभिनय रहेको छ।

    यस्तै फिल्ममा समृद्धि अर्याल, रवि काफ्लेलगायत कलाकारको अभिनय छ। सुयोग गुरुङको निर्देशन रहेको फिल्म रोहित अधिकारी फिल्मसले ओएसआर डिजिटलसँग सहकार्य गरेर बनाएको हो। गणतन्त्र दिवसको अवसर पारेर अगामी जेठ १० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारी हुन्।

    निर्माता अधिकारीकै कथा रहेको फिल्मको निर्माता ओमप्रकाश अग्रवाल हुन्। फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन्। नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ।

    तीन मिनेट २६ सेकेन्डको ट्रेलरमा फिल्म भित्रका केही महत्त्वपूर्ण दृश्यले स्थान पाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij