२०८३, कार्तिक १ गते

एन्फा उपाध्यक्ष दावा लामा रिहा

एन्फा उपाध्यक्ष दावा लामा रिहा

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • एन्फा उपाध्यक्ष दावा लामा रिहा

    काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा रिहा भएका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई बुधबार पक्राउ गरेको थियो।

    दावाले सर्वोच्चमा दायर गरेको रिटको आधारमा उनलाई रिया गरिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ। तर, मुलुकी फौजदारी कार्यविधि समिता २०७४ को दफा १३७ बमोजिम उनलाई सर्वोच्च अदालतले सुविधा दिने आदेश गरेको थियो।

    लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागु औषधको कारोबार गरेको ठहर गरी उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। 

    २०६१ साल साउन ८ गते काठमाडौँको वनस्थलीबाट ५ ग्राम खैरो हिरोइनसहित दावा लामा पक्राउ परेका थिए। साबिकको सर्लाही जिल्ला साखापुर गाविस वडा नम्बर १ घर भएका लामालाई काठमाडौँको वनस्थली चोकबाट पक्राउ गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij