काठमाडौं। गायक टेक बिसी र अस्मिता अधिकारीको आवाजमा रहेको गीत ‘एका देशको प्रेम कहानी’ सार्वजनिक भएको छ।
भीम बिसीको शब्द संगीत रहेको उक्त गीत टेक बिसी युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। गीतको भिडियोमा निरुता विष्ट र लोकेश बिसीले अभिनय गरेका छन्। भिडियोलाई प्रमोद कुमार भण्डारीले निर्देशन गरेका छन्।
निरुता सवारी दर्घटनामा घाइते भएका हवल्दार हर्केश विष्टकी पत्नी हुन्। हर्केश अहिले पनि उपचारत छन्। उनको अझै होस आएको छैन्। निरुता हर्केशको रेखदेख गर्दैछिन्। अस्पतालमा एक बर्ष बढि समय बितिसकेको छ।
दुर्घटनामा घाईते पतिको उनले एक्लै रेखदेख गरिरहेकी छन्। दुर्घटनामा परेका विष्टको टाउकोमा चोट लाग्यो। चोट मात्रै होइन सोही दुर्घटनाका कारण विष्टले होस नै गुमाए। निरुता अहिले हर्केशकै बोलिको पर्खाइमा छन्।
‘म उहाँको सेवा गरेर जिवन भर यसै बस्न तयार छु,’ निरुता भन्छिन्, ‘उहाँले मेरो र मेरी छोरीको नाम लिएर बोल्दिए मात्रै हुन्छ।’ भनिन्छ, संसारमा माया भन्दा ठुलो केही पनि छैन। सायद यसकै उदाहरण बनेकी छिन्, निरुता।
दुर्घटनामा परेर श्रीमानले होस गुमाउदा पनि निरुताको साहारा अस्पतालको बेड भन्दा कम छैन। यसका अलवा उनी कलाकारीतासँग पनि जोडिँदै गएकी छन्। निरुताले यसअघि पनि केहि म्युजिक भिडियोमा काम गरिसकेकी छन्।