२०८३, आश्विन २७ गते

जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

    काठमाडौं। सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो। 

    सुन तस्करी प्रकरणमा जोडिएका बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको सम्बन्ध देखिएपछि चलाउने यो प्रकरणमा अभियुक्त बनाइएका हुन्। राजश्व अनुसन्धान विभागले गत ३ साउनमा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको जानकारी दिए। यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij