२०८३, आश्विन २७ गते

रोहिणी अध्यक्ष यादवले एकमहिनाको तलब भूकम्पपीडितलाई दिने

रोहिणी अध्यक्ष यादवले एकमहिनाको तलब भूकम्पपीडितलाई दिने

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • रोहिणी अध्यक्ष यादवले एकमहिनाको तलब भूकम्पपीडितलाई दिने

    भैरहवा, १९ कार्तिक । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले एक महिनाको तलब भूकम्पपीडितलाई प्रदान गर्ने भएका छन् । भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा आफूले पाउने एक महिनाको तलब दिने अध्यक्ष यादवले बताए ।

    भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन सरकारी कोषमा एक महिनाको तलब बराबरको रकम जम्मा गर्ने उनले जानकारी दिए । भूकम्पबाट भएको जनधनको क्षतिप्रति अध्यक्ष यादवले दुःख व्यक्त गरेका छन् । उनले भूकम्पका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्र भएर कात्तिक १७ गते शुक्रबार राति ६.४ रेक्टरको भुकम्प गएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij